मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१७ बैशाख २०७८, शुक्रबार १४:४४

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो र आज गरिएको परिक्षणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

कोरोना संक्रमित हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ का सबै भन्दा धेरै १५ जना रहेका छन् । ९२ जनाको स्वाब संकलन गरिएकोमा ६१ जनामा कोरोना देखिएको उहाँले वताउनुभयो । आज संक्रमित भएकामा हेटौंडा बस्ने काठमाण्डौका एक जना र अर्का एक जना बागमती गाउँपालिकाका रहेका छन् । अरु सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

संक्रमितमध्ये २९ जना महिला र ३२ जना पुरुष रहेका छन् । यसअघि मकवानपुरमा सक्रिय संक्रमित ३ सय २५ जना रहेका थिए । आज ६१ जना थपिएसँगै कूल सक्रिय संक्रमितको संख्या ३ सय ८६ जना पुगेको छ ।

कोरोना संक्रमितको विस्तृत बिवरण तल उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*