हवाई यात्रुले विमानस्थलका ट्याक्सी घरमै बोलाउन सक्ने

जनपत्र
१६ बैशाख २०७८, बिहीबार १५:१६

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्नका लागि यात्रुले घरमै ट्याक्सी बोलाउन सक्ने भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका प्रिपेड ट्याक्सीले घरमै पुगेर यात्रु लिन पाउने कार्यालयले जनाएको छ । यात्रुले घरबाटै फोन गरेर ट्याक्सी बोलाउन सक्नेछन् । यसका लागि विमानस्थलले ट्याक्सीको नम्बरसमेत उपलब्ध गराएको छ ।

यस्तै भिसा र हवाई टिकट भएका यात्रुले विमानस्थलका ट्याक्सीबाहेक अरू गाडीको पनि प्रयोग गर्न सक्ने पनि विमानस्थल कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*