भारतमा कोरोना सङ्क्रमण बढेपछि चार धाम यात्रा रद्द

जनपत्र
१६ बैशाख २०७८, बिहीबार १५:११

unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएपछि चार धाम यात्रा रद्द गरिएको छ । आउँदो मे १४ अर्थात् वैशाख ३१ गते चार धाम यात्रा तय गरिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले चार धाम यात्रा रद्द गरिएको जानकारी दिनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना सङ्कटलाई मध्यनजर गर्दै यसपालिको चार धाम यात्रा रद्द गरिएको मुख्यमन्त्री रावतले बताउनुभयो । उहाँले चार धाम मन्दिरमा त्यहीँका पुजारीले मात्रै दैनिक हुने नित्य पूजा मात्रै गर्ने बताउनुभएको छ ।

उत्तराखण्डमा रहेको चार धाममा बद्रीनाथ, केदारनाथ, गङ्गोत्री र यमुनोत्रीको दर्शनका लागि भातबाहिरबाट पनि हजारौँ यात्री पुग्ने गरेका छन् । तर यसपालि कोरोनाका कारण यात्रा रद्द भएको छ ।

भारतमा गएको २४ घण्टामा मात्रै तीन लाख ७९ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यस्तै यो अवधिमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८३ लाख ६८ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण दुई लाखभन्दा धेरैको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*