काठमाण्डौसहित धेरै ठाउँको मौसम सफा, दिउँसोपछि क्षणिक वर्षाको सम्भावना

जनपत्र
१६ बैशाख २०७८, बिहीबार ०९:०६

unn.prixa.net

काठमाण्डौ – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ ।

पहाडी क्षेत्रका केही ठाउँमा आंशिकदेखि सामान्य र तराईका थोरै ठाउँमा आंशिक बद्ली भएकाबाहेक देशभरको मौसम सफा रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

आज दिउँसोपछि भने पहाडका केही ठाउँमा मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ । यस्तै तराईका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ ।

यस्तै आज राति तराईमा आंशिक बद्ली र पहाडी क्षेत्रमा सामान्य बद्ली रहनेछ । आज राति पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो। तर अबको केही दिन ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् श्रेष्ठको भनाइ छ ।

यो समाचार हामिले उज्यालो अनलाइनबाट साभार गरेका हौं ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*