नेप्से झण्डै १४ अङ्कले घट्यो, कारोबार रकम चार अर्ब पनि पुग्न सकेन

जनपत्र
१५ बैशाख २०७८, बुधबार १८:०२

काठमाण्डाै – केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार बुधवार (आज) फेरि घटेको छ । नेप्से आज १३ दशमलव ७९ अङ्कले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा झरेको छ ।

आज व्यापार, उत्पादन र अन्य समूहको शेयर बढे पनि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र लगानी समूहको शेयर घटेको छ ।

आज दुई सय १५ कम्पनीका ८९ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएका छन् । एनसीसी बैंकको सबैभन्दा धेरै २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको ६ र प्रोग्रेसिभ फाइनान्सको शेयर झण्डै साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर १० प्रतिशतका दरले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*