जसपाको अनिर्णयले कांग्रेस र माओवादी अलमलमा

जनपत्र
१४ बैशाख २०७८, मंगलवार ०६:१५

जनता समाजवादी पार्टी नयाँ सत्तागठबन्धन बारे अन्यौलतामा रुमलिएको छ । केपी ओली सरकारलाई नै समर्थन गर्ने कि नयाँ सत्तासमिकरण बनाउने भन्नेमा जसपा भित्र दुईधार देखिदा निर्णय हुन नसकेको हो । जसपाले निर्णय नगर्दा कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनाउने प्रयास सफल हुन सकेको छैन ।

संसदको चोथौ दल जसपा भित्र ओली सरकारलाई नै समर्थन गर्नुपर्छ भन्ने एउटा धार देखिन्छ भने नयाँ सत्तागठबन्धन निर्माण गरेर ओली सरकारलाई विस्थापित गर्नुपर्छ भन्ने अर्को धार देखिन्छ । समाजवादी पार्टी र राष्ट्रीय जनता पार्टी बिचको एकताबाट बनेको जसपा आगामी सत्ता राजनीतिलाई लिएर पनि महन्थ–राजेन्द्र र उपेन्द्र–बाबुराम गरेर दुई खेमामा विभाजीत छ ।

महन्थ–राजेन्द्र समुह आफुले उठाँएका मुद्धाहरु समाधान भएमा केपी ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन वा सरकारलाई सघाउन आफुहरुलाई कुनै कठीनाई नभएको बताईरहेको छ । मुद्धाहरु समाधान र सत्ता सहकार्यको निम्ती सरकार र जसपाले वार्ता टोली मार्फत पनि कार्य गरीरहेका छन ।

नेकपा एमाले र जसपाको गठबन्धन बनेमा त्यो दुई दलको मात्रै गठबन्धन हुनेछ । अर्को तिर कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन भएमा त्यो तिन दलको गठबन्धन बन्ने छ । तिन दलिय गठबन्धन भन्दा दुई दलिय गठबन्धनमा जसपालाई बढी सत्ताहिस्सेदारी मिल्ने देखिन्छ । त्यही भएर जसपाको महन्थ–राजेन्द्र समुह प्रधानमन्त्री ओली संग आफुलाई बढी सहज महसुस गरीरहेको छ ।

जसपाको अनिर्णित अवस्थाले कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बन्न नसक्दा एकातिर मुलुकको राजनीतिले गती लिन सकीरहेको छैन भने अर्को तिर प्रधानमन्त्री केपी ओलीले पनि जसपाले आफैलाई समर्थन गर्छ भनेर ढुक्कहुने अवस्था छैन । कतिपयले त सत्ता राजनीति बारेको यहि अन्र्तसंर्घषले जसपा फुट्न सक्ने आंकल्न समेत गरिरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*