दिपक मनाङले दिए स्वतन्त्र सांसदका लागि निवेदन

गण्डकी प्रदेश सभामा मनाङबाट निर्वाचित राजीव गुरुङ ९दीपक मनाङे०ले नेकपा एमालेको साथ छाडेका छन्। यसअघि एमालेको ‘रो’मा बसेका उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने निश्चित देखेपछि सोमबार स्वतन्त्र सांसदको हैसियत माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका हुन्।
निर्वाचनमा विजयी भएपछि करिब २ वर्षपछि प्रदेश सभाको सपथ खाए त्यसलगत्तै उनी नेकपा प्रवेश गरेका थिए। मनाङमा उनी एमाले कै समर्थनमा विजयी भएकाले प्रदेश सभामा पनि उक्त पार्टीको सांसदको भूमिकामा रहेका थिए। सोमबार पनि प्रदेश सभामा उनी एमाले अर्थात सत्तारुढ दल बस्ने ‘रो’ मै बसेका थिए। आजदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ। उनी सो प्रस्तावको विपक्षमा उभिने अनुमान गरिएको थियो।
तर, संसद सचिवालयमा आफ्नो स्वतन्त्र सांसदको हैसियत माग गर्दै संसदमा छुट्टै बस्ने सिटको माग गरेपछि उनी विपक्षले लाग्ने देखिएको छ। यो निवेदन पछि प्रदेश सभामा उनी नयाँ तगारो बनेका छन्। नेपाल लाइभसँग कुरा गर्दै उनले आफू स्वतन्त्र रुपमा विजयी भएसँगै एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उक्त पार्टीमा लागेको तर, दुवै पार्टी अलग अलग बसेकाले आफूले स्वतन्त्र सांसदको हैसियत मागेको बताए। ‘एमाले एकातिर माओवादी अर्कातिर हुँदा कस्तो कस्तो लाग्दोरहेछ,’ उनले भने, ‘मलाई त एमालेतिर बस्न राम्रो लागेन त्यसैले स्वतन्त्रको निवेदन दिएको हुँ।’
मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने उनले संकेत गरेका छन्। मुख्यमन्त्रीमा कसलाई मत दिने त रु भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रिय जनमोर्चा जता भोट हाल्छ उतै दिने सोच बनाएको छु।’ जनमोर्चाले यसअघि नै मुख्यमन्त्री गुरुङलाई दिएको विश्वासको मत फिर्ता लिएको छ। जनमोर्चाले सरकारका पनि नजाने र गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। जनमोर्चाको पछि लाग्ने भन्दै उनले मुख्यमन्त्रीको निरन्तरताको पक्षमा नरहेको बताए।
गण्डकी प्रदेशमा एमाालेका मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। गण्डकीमा ३ सिट रहेको जनमोर्चा सत्ताको निर्णायक हो। तर, जनमोर्चाले मुख्यमन्त्री गुरुङको विपक्षमा उभिने निर्णय केन्द्रीय तहबाट गरेको छ। गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेले आफ्नो २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद रहेको दाबी गर्दै आएको छ। विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ ९सभामुखसहित०, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन्।
मनाङले अविश्वासको प्रस्तावको पक्षमा मत दिएमा यो संख्या ३२ हुनेछ। माओवादीको तर्फबाट समामुख भएकाले एक मत हाल्न पाइने छैन। विशेष अधिवेशन सुरु भएपछि नेपाली कांग्रेस, माओवादीले आफ्ना सांसदलाई पोखरा नछाड्न र अविश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।