छतबाट खसेर कपिलवस्तुमा १८ महिने शिशुको मृत्यु

जनपत्र
१३ बैशाख २०७८, सोमबार ०६:४६

कपिलवस्तुमा घरको छतबाट खसेर १८ महिने शिशुको मृत्यु भएको छ। जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिने शिशु अभिषेकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

बिहान ६ बजे छतबाट खसेको र बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताए। शवलाई पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*