चीनको ‘खप्की खाँदै’ अस्ट्रेलिया

जनपत्र
१२ बैशाख २०७८, आईतवार ०६:५२

अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा एक प्रकारको असजहता देखा परेको छ । अमेरिकाले तय गरेको अनौपचारिक क्वाड ‘अमेरिका, जापान, भारत र अस्ट्रेलिया’ सहकार्यमा अस्ट्रेलिया सामेल भएदेखि नै चीनले अस्ट्रेलियासँग रोस प्रकट गर्दै आएको हो । त्यो अवस्थादेखि कोभिड-१९ हुँदै यतिबेला चीन र अस्ट्रेलियाको सम्बन्ध साँच्चै टुट्ने मोडमा नै पुगेको छ ।

यद्यपी त्यो तितो अवस्था देखा नपर्ला तर चीनको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ ९बीआरआई० परियोजनासँग सम्बन्धित सम्झौतालाई अस्ट्रेलियाले रद्द गर्दै चीनसँग फरक प्रकारको सम्बन्ध राख्ने लक्ष्य लिएको देखिन्छ । बुधबार अस्ट्रेलियाली विदेशमन्त्री मेराइस पेनलले चीनसँग भएका बीआरआई अन्तर्गत रहेका दुई सम्झौतासहित चार सम्झौता रद्द गर्ने घोषणाले चीन र अस्ट्रेलिया सम्बन्ध निकै बिग्रिएको आंकलन गर्न सकिने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अस्ट्रेलियाको भिक्टोरिया प्रान्त सरकारले २०१८ र २०१९ मा चीनसँग गरेको सम्झौतालाई केन्द्र सरकारले रद्द गरिदिएपछि सम्बन्ध माथिबाटै तनावमा परिणत भएको हुनसक्ने आंकलन पनि उनीहरूको छ । अस्ट्रेलियाको केन्द्र सरकारले गत डिसेम्बरमा भिटोको अधिकार प्राप्त गरेको हो । त्यो अधिकार प्रयोग गरेर प्रान्त वा त्यहाँको विश्वविद्यालयले आफ्नो तवरबाट लिएको निर्णयलाई केन्द्रले रद्द गर्न वा उल्ट्याउन सक्छ ।

अस्ट्रेलिया सरकारको विदेश नीतिमा बाझिने खालको भएकाले चार सम्झौता रद्द गरेको विदेश मन्त्री पेनले बताएकी छन् । अस्ट्रेलियाको यो कार्यले चीन थप चिढिएर भनेको छ, ‘अस्ट्रेलिया सरकारले कसैको उक्साहटमा चीनविरुद्ध अर्को अनुचित र उत्तेजक नीति लिएको छ ।’ यसलाई चीनले दुभाग्य पूर्ण पनि भनेको छ । अस्ट्रेलिया सम्वन्ध सुधारका लागि इमानदार नभएको आरोप पनि चीनको छ ।

अस्ट्रेलियाको पछिल्लो कदमले चीनलाई होइन अस्ट्रेलियालाई हानी हुने भन्दै चीनले विगत देखिको कार्यलाई स्मरण गरेको छ । यसअघि सन् २०१८ मा चीनको फाइभ–जी ९छन्० नेटवर्कमा अस्ट्रेलियाले प्रतिबन्ध लगाएको थियो । त्यस्तै चीनले कोभिड १९ बारे पारदर्शीता देखाउन पर्ने भन्दै अस्ट्रेलियाले चीनलाई दबाबमा राखेको थियो । यस्तै दवाव अनुभूती ग रेको चीनले अस्ट्रेलियाको कोइला र वाइनको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

बीआरआईमा विरोध गर्दै आएको अस्ट्रेलियाले प्रान्तसरकार मार्फत सम्झौता भएको बीआरआई परियोजना रद्द गरेर विश्वलाई सन्देश दिएको भन्ने चीनको बुझाई छ । अस्ट्रेलियाले इन्डो–प्यासिफिक क्षेत्रमा चीनको रबैया नसहने पनि बताएको छ । उक्त धारणापछि चीनले अस्ट्रेलियालाई अमेरिकी पिछलग्गु भनेको छ । सम्वन्ध विग्रिएपछि अष्ट्रेलियाको ब्यापारमा चीन तर्फको आत्मनिर्भरता घटाउदै लगेपनि एकै पटक २० अर्ब डलरभन्दा बढीको राजश्व नोक्सान भएको व्यहोरेको छ ।

तर, चीन र अस्ट्रेलियाबीच सम्बन्ध सुध्रिने कुनै छेकछन्दो देखिदैन । चीन र अष्ट्रेलियाबीच सम्वन्ध विग्रनुको मुख्य कारण हो । कोभिड–१९ को उत्पति उहानबाट भएकाले त्यहाँ छानविन हुनुपर्ने माग अस्ट्रेलियाको थियो । त्यो आवज ठूलो भएको थियो । अष्ट्रेलियाको चीन प्रतिको परनिर्भरता बढ्दो थियो । राजनितीक तह भित्रको अविश्वास पनि अर्को कारण हो । चीन तर्फबाट आर्थिक घेराबन्दीमा अस्ट्रेलियालाई राख्ने काम भएको छ । जुन, अन्तर्राष्ट्रिय कानुन र नियमसँग बाझिन्छ । अस्ट्रेलियाले राजनीतिक रणनीतिमा आफूलाई सुधार गर्न पर्ने देखिएको छ । अन्यको भरमा भन्दा पनि आफ्नो अन्तरसम्बन्धलाई बढि फोकस गर्न आवश्यक रहेको उल्लेख छ । ईकागजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*