विश्वमा एकै दिन ९ लाख संक्रमित थपिए, १४ हजारभन्दा बढीको मृत्यु

जनपत्र
११ बैशाख २०७८, शनिबार ०७:१४

विश्वमा एकै दिन करिब नौ लाख कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र आठ लाख ९४ हजार संक्रमित थपिएका हुन्। उक्त अवधिमा १४ हजार १४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्‍कअनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १४ करोड ६२ लाख १८ हजार नाघेको छ। यस्तै मृत्यु हुनेको संख्या ३० लाख ९८ हजार ८३६ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*