मकवानपुरमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि, एक जना बालक

चार दिनमै मकवानपुरमा ६६ जनामा संक्रमण पुष्टि
जनपत्र
८ बैशाख २०७८, बुधबार १८:०४

हेटौंडा । मकवानपुर जिल्लामा आज थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा एक जना ५ वर्षिय वालक रहेका छन् ।

कोरोना संक्रमित मध्य २४ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका र एक जना कैलाश गाउँपालिकाको रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । यस हप्ताको आज चौथो दिन सम्म आई पुग्दा मकवानपुरमा ६६ जनामा संक्रमण पुस्टि भएको छ ।

हाल मकवानपुरमा ७७ जना सक्रिय संक्रमित रहेका छन । हालसम्म मकवानपुरमा ३३ जनाको ज्यान गएको र ३ हजार ९ सय १२ जना संक्रमित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*