अदालत गयो माधव नेपाल समूह, के छ माग ?

जनपत्र
८ बैशाख २०७८, बुधबार १७:३३

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत गएको छ ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए ।

त्यसको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको हो ।

यद्यपि रिट दर्ता भइसकेको छैन । ‘दिउँसो ३ बजे अदालत पुगेका थियौं । कर्मचारीले नभ्याउने भनेर दर्ता गरेनन्’ अधिवक्ता टीकाराम भट्टराईले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*