हेटौंडाका पूर्ण असक्त अपाङ्गता भएकाहरुलाई भेट्न जनप्रतिनिधिको टोली घरघरमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका पूर्ण असक्त अवस्थामा रहेका अपाङ्गता भएकाहरुलाई भेट्न जनप्रतिनिधि र कर्मचारी सहितको टोली घरघरमा पुगेको छ । हेटौंडाका ४ वटा वडामा जनप्रतिनिधि सहितको टोलि घरघरमा पुगेको हो ।
हेटौंडाको वडा नम्बर २, ८, १७ र १८ मा उपप्रमुख मिना कुमारी लामा, सम्वन्धीत वडाका अध्यक्ष तथा सदस्यहरु, उपमहानगरपालिकाका कर्मचारीहरु समेत अपाङ्गता भएकालाई भेट्न पुगेका हुन् ।
हेटौंडा १७ मा उपप्रमुख मिना कुमारी लामा, वडा अध्यक्ष भैरब बहादुर राई, उपमहानगरपालिकाका महिला तथा बालबालिका महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको टोलि पूर्ण असक्त अपाङ्गता भएकाहरुलाई भेट्न घरघरमा पुगेको हो । अपाङ्गता भएकाहरुलाई भेट्न जाँदा सरसफाइका सामाग्री समेत हस्तातरण गरिएको छ । हेटौंडाका १९ वटा वडामा २ सय जना पूर्ण असक्त अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।