जीतपुरसिमरा गोल्डकप : संकटा सेमिफाइनलमा प्रवेश

जनपत्र
८ बैशाख २०७८, बुधबार ०७:१४

फिनिसिङ लाइनअप नचल्दा एफसी विजय युथ हेटौँडा जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको छ। प्रतियोगिताको सातौँ संस्करणको विजेता समेत रहेको हेटौँडा संकटा क्लबसँग पराजित हुँदै एफसी विजय युथ उपाधि होडबाट बाहिरिएको हो।

हेटौँडाको फितलो फिनिसिङको फाइदा उठाउँदै संकटाले खेलमा २(१ को जित निकाल्यो। संकटाको जितका लागि ओडे ग्लोरी र गणेश हमालले १र१ गोल गरे। खेलको नवौँ मिनेटमा ग्लोरीले पहिलो गोल गर्दै टिमलाई १(० को अग्रता दिलाएका थिए। सुभास गुरुङको क्रस बललाई उनले हेडमार्फत गोलमा परिणत गरेका हुन्।

खेलमा पहिलो अग्रता बनाए पनि जितका लागि भने संकटाले अन्तिमसम्म संघर्ष गर्नुपर्‍यो। ३९ औँ मिनेटमा हेटौँडाका लागि फुफनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए। उनले डि बक्सभित्र पाएको बललाई आकर्षक प्रहार गर्दै जाली चुमाएका हुन्।

खेलमा संकटाविरुद्ध आक्रमक देखिएको हेटौँडा फिनिसिङमा चुक्दा हारको सामना गर्नुपर्‍यो। ३६ औँ मिनेटमा संकटाका रोमन लिम्बुले हेटौँडाका फुफनालाई फल गरेपछी फुफुना आफैले प्रहार गरेको फ्रिकिक क्रस बारमाथिबाट बाहिरिएको थियो। ४२ औँ मिनेटमा सन्त बहादुर गुरुङको क्रसमा बिकास लामाले डिबक्स भित्रबाट गरेको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे।

हेटौँडाको लगातारको अवसरलाई विफल तुल्याएको संकटाले खेलको ८९ औँ मिनेटमा भने निर्णयक गोल गर्‍यो। प्रकाश बुढाथोकीको क्रसमा गणेश हमालले आकर्षक गोल गरे। उनको विजयी गोलसँगै संकटा जारी प्रतियोगीताको अन्तिम चारमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब र अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनबिच खेल हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*