मैले ह्वीप उल्लंघन गरेकी छैनः देवी ओली

जनपत्र
८ बैशाख २०७८, बुधबार ०७:१३

नेकपा एमाले कर्णाली प्रदेशकी सांसद देवी ओलीले आफूले पार्टीको ह्वीप उल्लंघन नगरेको दावी गरेकी छन्। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिने क्रममा आफू झुक्किएर गलत लाइनमा उभिएको उनको भनाइ छ।

कर्णालीमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई मत दिएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेपछि त्यसको जवाफ दिँदै उनले आफूले पार्टीको निर्देशन अनुसार नै मतदान गरेको बताएकी हुन्।

‘मतदानका लागि लाइनमा उभिने क्रमममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु। थाहा पाउन वित्तिकै फर्किएर मुख्यमन्त्री मा। महेन्द्र बहादुर शाहीको प्रस्तावको विपक्षमा हाम्रो पार्टी नेकपा एमाले प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीपअनुसार नै मतदान गरेको स्पष्ट गर्दछु। यसको रेकर्ड संसद सचिवालयमा रहेको कुरा समेत स्पष्ट गर्दछु,’ उनले जवाफमा भनेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*