नुवाकोटमा जीप दुर्घटनामा ५ घाइते

जनपत्र
८ बैशाख २०७६, आईतवार १६:३४

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-२ महामण्डलमा सवारी दुर्घटना हुँदा यात्रारत पाँचजना घाइते भएका छन्।नेपाल टेलिकमको सामान बोकेको बा७च ९१८० नम्बरको बोलेरो जीप टेलिफोन टावर नजिकै दुर्घटनाग्रस्त भएको हो। घाइतेको स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ। घाइतेको उपचार जारी रहेको छ भने मध्ये सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*