बागमती प्रदेशमा इन्जिनियरको चुनाबः बिनोद सापकोटोको नेतृत्वमा उम्मेदवारी

हेटौंडा । देशैभरी जस्तै बागमती प्रदेशभरीका इन्जिनियरहरुलाई चुनाबी चटारो बढेको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा बागमती प्रदेशको दोश्रो कार्यकारिणी समितिमा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन)ले इन्जिनियर बिनोद सापकोटाको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ।
यही अनुसार आफ्ना पक्षमा मतदान गर्नका लागि आग्रह समेत गरिएको छ । १३ हजार जना इन्जिनियर मतदाता रहेको बागमती प्रदेशमा नेकपा एमालेको तर्फबाट संस्थापन ओली र नेपाल समुहद्वारा संयुक्त उमेद्वारी परेको छ ।
दोश्रो प्रदेश कार्यकारिणी समिति सभापतिमा इन्जिनियर बिनोद सापकोटा, उपसभापतिमा, कृष्ण घिमिरे, सचिवमा, हरेराम हुमागाई, सहसचिवमा सबिन अधिकारी र कोषाध्यक्षमा उमेश जंग थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै बागमती प्रदेशबाट केन्द्रीय सदस्यका लागि लोकनाथ रेग्मीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै, नेकपा एमालेको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) र जनता समाज पार्टी निकट इन्जिनियर संगठनको गठबन्धनले नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय समितिमा डा सुरज लामिछाने र बिरोध रिजालको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।