झन्डै २ लाख नगदसहित जुवाकाे खालबाट पाँच जना पक्राउ

जनपत्र
७ बैशाख २०७८, मंगलवार ०७:१४

unn.prixa.net

दाङ – दाङमा झन्डै दुई लाख नगदसहित जुवाको खालबाट पाँच जना पक्राउ परेका छन् । दाङकाे घोराही उपमहानपालिका १५ बालमन्दिर टाेलमा रहेकाे झुपल केसीको घरमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा घाेराही उपमहानगरपालिका १५ का खगेन्द्र सापकाेटा, झुपल केसी, वडा नम्बर १४ का बालाराम खड्का, मरिजमान खड्का र चन्द्र बुढा रहेका छन् ।

उनीहरूकाे साथबाट एक लाख ८० हजार रुपैयाँ, विभिन्न रकम उल्लेख भएका विभिन्न बैंकका चेक सात थान र तासकाे तीन बुक बरामद गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*