मालीमा जिहादी र शिकारीबीच झडप, कम्तीमा ४० को मृत्यु

मालीमा लामो समयदेखि द्वन्द्वरत दुई पक्ष जिहादी र परम्परागत शिकारीहरु बीचमा झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा भएको झडपमा उनीहरुको मृत्यु भएको हो।
दुई पक्षका एकरएक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको हो।घटनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका छन्। हिंसात्मक घटनाले स्थानिय बासिन्दा त्रसित र आतङ्कित भएको सरकारी अधिकारीहरुले बताएका छन्।
मालिमा जिहादी विद्रोही र परम्परागत शिकारीहरुका बीचमा बेलाबेलामा हिंसात्मक झडप हुँदै आएको छ।