बाँकेमा ६३१ जनाको नमुना परीक्षण गरिएकोमा ३२२ को नतिजा काेराेना पोजिटिभ

बाँकेमा सोमबार ३२२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका तीन वटा प्रयोगशालमा भएको परीक्षणमा सोमबार राति साढे १० बजेसम्म ३२२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६३१ जनाको नमुना परीक्षण गरिएकोमा ३२२ को नतिजा पोजिटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा २१९, बागेश्वरी डाइग्नोस्टिकमा ३७ र नेपालगन्ज मेडकल कलेजमा ६६ जना कोरोनाको संक्रमण देखिएको छ ।