मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह

जनपत्र
८ बैशाख २०७६, आईतवार १५:५७

हेटौंडा/मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको बताउनुभएको छ ।
सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले थानाभ¥याङ्गले आज आयोजना गरेको सामुदायमा प्रहरी साझेदारी अभियान अन्तरगत सार्वजानिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लागू औषधको चक्रब्यूहमा मकवानपुर जिल्ला नराम्रोसंग फसेको बताउनुभयो ।

उहाँले नागरिक र प्रहरीको साझेदारीमा मात्र मकवानपुर जिल्लामा रहेका अपराधलाई नियन्त्रणमा ल्याउन सकिने बताउनुभयो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र कुमार ठाकुर, वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुली लगायतले आफ्ना धारणा राख्नु भएको सामुदायिक सेवा केन्द्र थानाभ¥याङ्गका सचिव कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*