हेटौंडाको बंगेरीका बालबालिका पढ्न सामुदायिक अध्ययन केन्द्र खोलीयो, चेपाङ बालबालिकालाई शैक्षिक सामाग्री

जनपत्र
६ बैशाख २०७८, सोमबार १७:२५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ को अति बिकट बंगेरीमा रहेको सामुदायिक अध्ययन केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । बिद्यालय नभएका कारण घरमै बस्दै आएका यहाँका ४० जना बालबालिकाहरुलाई पढ्नका लागि सजिलो होस भनेर सिकाइ केन्द्र र बिद्यार्थीलाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शैक्षिक सामाग्रि वितरण गर्नुभयो ।

हेटौंडाकै अति बिकट यस क्षेत्रका बालबालिका बिद्यालय जानका लागि २ घण्टा पैदल हिड्नुपर्ने भएपछी घरमै बस्दै आएका थिए । उनीहरुका लागि सामुदायिक अध्ययन केन्द्र खोलीदिएर पढ्नका लागि शैक्षिक सामाग्रि बितरण गरिएको मेयर महतले वताउनुभयो । बालबालिकालाई बिद्यालयमा खेल्दै पढ्दै गर्नका लागि ३० वटा व्याग, ३० वटा बोत्तल, क्यारीमबोर्ड, खेलौना बल ४ वटा, खेलौना व्याग ४ वटा, भलिबल २ वटा, किताव, कापी, सिसाकलम, स्टील ¥याक, साइनबोर्ड लगायतका सामाग्री आज मेयर महतले हस्तान्तरण गर्नुभयो ।

यसअघि बंगेरी गाँको आफै अनुगमन गरेर बालबालिका पढाइबाट बन्चित भएको थाहा पाएपछी अध्ययन केन्द्र खोलेर सबै खालका सामाग्री पठाइएको हो । पहिले घरमानै बस्दै आएका बालबालिकाहरु अहिले भने बिद्यालय जान थालेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*