समानन्तर गतिबिधिमा संलग्न नहुन एमाले मकवानपुरको आग्रह

हेटौंडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टीको समानान्तर गतिबिधिमा संलग्न नहुनका लागि आग्रह गर्नुभएको छ । एमाले पार्टीकै नाममा समान्तर गतिबिधि सञ्चालन गर्न नदिन र यस्ता कार्यक्रममा सहभागि नहुनका लागि आग्रह गर्नु भएको हो ।
एमालेका नाममा आज मकवानपुरको हेटौंडामा भेला बैठक आयोजना नभएको जानकारी समेत उहाँले गराउनु भएको छ । अनधिकृत रुपमा गरिएको कुनै पनि समानान्तर गतिविधिमा सम्लग्न नहुन नगराउन अध्यक्ष श्रेष्ठले विशेष अनुरोध गर्नु भएको छ ।
पार्टीको निर्देशन विपरित अर्को समानन्तर गतिबिधिमा संलग्न भएको पाइएमा कार्बाही गरिने समेत उहाँले वताउनुभयो ।