बागमती प्रदेशका १३ जिल्लामा पक्की पुल र सडक निर्माणा प्राथमिकता

दिपेश दाहाल
५ बैशाख २०७८, आईतवार ०६:५२

हेटौंडा । बागमती प्रदेश सरकार गठन भएपछि भने बितेको ३ वर्षमा भौतिक पूर्वाधार विकासमा निकैे परिवर्तन आएको छ । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्ला विकट भएकाले पक्की पुल र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको छ । प्रदेशका १३ वटै जिल्लामा सडक निर्माण र पुल निर्माणको कामलाई प्राथमिकताका साथ गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले वताउनुभयो ।

देशमा संघीयता आएपछि बागमती प्रदेश सरकार प्रदेशको भौतिक, आर्थिक र सामाजिक विकासमा तीव्र गतिमा लागिपरेको हो । विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सातै प्रदेशमध्ये बागमती प्रदेश सरकार पहिलो सूचिमा छ । प्रदेश सरकारले सडक निर्माण सँगसँगै पक्की पुल निर्माणलाई पनि अघि बढाएको छ । बागमती प्रदेश सरकारले प्रदेश सरकार स्थापना भएको दुई वर्ष अर्थात आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा ३२ वटा पक्की पुल निर्माण सम्पन्न गरेको मन्त्री फूयालले वताउनुभयो ।

आर्थिक वर्ष २०७५÷०७६ मा १४ वटा पक्की पुल निर्माण भएको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार २२ वटा पुलको सर्भो डिजाइन भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा ३ अर्ब ६७ करोड ५ लाख ९८ हजार रुपैयाँ खर्चमा १४ वटा पुल निर्माण, २२ वटा पुलको सर्भेसहित कालोपत्रे सडक ९० दशमलव ७८ किलोमिटर, ग्राभेल सडक १ सय ६६ दशमलव ७८ किलोमिटर, कच्ची सडक ४ सय १८ दशमलव ९९ मिटर र २ सय १० किलोमिटरको सडक सर्भे डिजाइन भएको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १९ वटा पुल निर्माण भएको थियो । पूर्वाधार विकास कार्यालय ललितपुरबाट ४ वटा, पूर्वाधार विकास कार्यालय काभ्रेबाट ३ वटा, पूर्वाधार विकास कार्यालय चितवनबाट ४ वटा, पूर्वाधार विकास कार्यालय नुवाकोटबाट १ वटा, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट ५ वटा र पूर्वाधार विकास कार्यालय रामेछापबाट २ वटा पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले जानकारी दिएको छ । यो आर्थिक वर्ष २०७६÷०७७ मा १९ वटा पक्की पुलसहित सडक कालोपत्रे, ग्राभेल र कच्ची सडक निर्माण गर्दा ५ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

प्रदेश सरकारले काठमाडौंमा १, ललितपुरमा ५, भक्तपुरमा १, काभ्रेमा ५, सिन्धुपाल्चोकमा ५, दोलखामा ३, चितवनमा ३, मकवानपुरमा २, नुवाकोटमा ३, धादिङमा १, सिन्धुलीमा १ र रामेछापमा १ वटा पक्की पुल निर्माण गरिएको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । ६ दशमलव १ मिटर देखि १ सय २० मिटर सम्मका ३२ वटा पक्की पुलको गतवर्ष साउन ७ गते एकसाथ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मुख्यमन्त्री डोरमणि पौडेल र भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले औपचारिक उद्घाटन गर्नु भएको थियो ।

प्रदेश सरकार तथा संघीय सरकारको सर्शत अनुदानमा स्टिल ट्रसका २, सस्पेन्सन २, स्टिल प्लेट गर्डर ४, आरसीसी बिम १७ र आरसीसी बक्स किसिमका ७ वटा गरी ३२ वटा पुल निर्माण भएको थियो । पुर्वाधार विकास कार्यालय ललितपुरमार्फत निर्माण भएको ललितपुरको कर्मनाशा खोलामा ८ मिटरको, गोदावरी स्थित गंगटे खोलामा ७ मिटरको र नखु खोलामा २२ मिटरको, काठमाडौं महानगरपालिका स्थित धेबीखोलामा १७.७ मिटरको र सपनतिर्थ (विष्णुमति) खोलामा ४३ मिटरको तथा बागमती गाउँपालिकास्थित खानीखोलामा २५ मिटरको पुल निर्माण भएको थियो ।

पुर्वाधार विकास कार्यालयकाभ्रे मार्फत बनेपास्थित महादेव खोलामा ६.१ मिटरको, पनौतीस्थित रोशी खोलामा ३५ मिटर र २५ मिटरको, तेमालस्थित रोशीखोलामा १ सय २० मिटरको र नमोबुद्धस्थित रोशी खोलामा १ सय मिटरको तथा सुर्यविनायकस्थित स्वाल्पा खोलामा ६.१ मिटरको पुल बनाएको थियो । पुर्वाधार विकास कार्यालय चितवनमार्फत चितवनस्थित बाँदरमुडे खोलामा २५ मिटरको, केरुङ्गा खेलामा ४० मिटर र ४३ मिटरको, मकवानपुरस्थित आँपखोल्सी र दुबाखोलामा १८ र २५ मिटरको, पुर्वाधार विकास कार्यालय नुवाकोटमार्फत सारेटार खेलामा २५ मिटरको, थोप्ला खोलामा ३५ मिटरको, कुथुंग खोलामा २५ मिटरको र खहरे खोलामा २० मिटर लामो पक्की पुल निर्माण गरिएको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएइको छ ।

पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत थाईपाँङ गाउँपालिकास्थित हाँडिखोलामा ७० मिटर र महादेव खोलामा ३० मिटरको, ईन्द्रवती गाउँपालिकास्थित सिपा खोलामा १८ मिटरको, बाह्रबिसे गाउँपालिका स्थित खहरे खोलामा २५ मिटरको, सुनकोशी गाउँपालिकास्थित पाखर खोलामा ४० मिटरको, जुगल गाउँपालिकास्थित ढाँडे (बराम्दी) खोलामा २५ मिटरको, बिगु गाउँपालिकास्थित सोरुङ खोलामा ३५ मिटरको, शैलुङ गाउँपालिकास्थित अंधेरी खोलामा १४ मिटरको र भिमेश्वर गाउँपालिकास्थित चर्नावती खोलामा २५ मिटरको तथा पुर्वाधार विकास कार्यालय रामेछापमार्फत फिलिङ गाउँपालिका स्थितबाक्सु खोलामो ३० मिटरको र खाँडादेवी गाउँपालिकास्थित भटौली खोलामा ४० मिटर लामो पुल निर्माण गरिएको यातयात पूर्वाधार निर्देशनालयले जानकारी दिएको हो ।

पुल मात्र नभई बागमती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका स्थानीय तहहरुमा नजिकैको राजमार्ग वा कालोपत्र सडकबाट पालिकाको केन्द्रसम्म जोड्ने कुरालाई प्राथमितामा राखेर काम पनि गरिरहेको छ । जस अनुसार बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ को जेठ मसान्तसम्ममा १ हजार ३ सय किलोमिटर भन्दा बढी सडक र ३३ वटा सडक पुल निर्माण गरेको थियो । विकासका लागि र समृद्धिका लागि सडक पुर्वाधार पहिलो आवश्यक्ता महसुस गरेर प्रदेश सरकारले सडक पुर्वाधार र उक्त सडकहरुमा पर्ने खोलामा पक्की पुल निर्माण गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा ३२ वटा पक्की पुल निर्माण गरेको बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७÷०७८ मा १ सय २० वटा पक्की पुल निर्माण गर्दैछ । चालु आर्थिक वर्ष २०७७÷७८ मा १ सय २० वटा पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये १३ वटा झोलुङ्गे पुल निर्माणको लागि बजेट विनियोजन भएर काम भइरहेको मन्त्रालयले जनाएको छ । पुल निर्माणमा मात्र चालु आर्थिक वर्षको लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । पुलसँगै ४४ वटा ठूला सडक बहुवर्षीय ठेक्का मार्फत निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षमा बन्ने १ सय २० वटा पक्की पुलमध्ये संघीय सरकारबाट ५७ वटा र प्रदेश सरकारले ६३ वटा पक्की पुलका लागि बजेट विनियोजन गरेर काम गरिरहेको छ । यसैगरी बागमती प्रदेश सरकारले यस चालू आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारको सर्शत अनुदान ३६ करोड ५७ लाख रुपैयाँमा ५८ वटा र प्रदेश सरकारले आफ्नै बजेटबाट चालू आर्थिक वर्षमा ६० करोड ४३ लाख रुपैयाँको लागतमा ६६ वटा पुल निर्माण गरिरहेको यातायात निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

यातायात पूर्वाधार निर्देशनालयका अनुसार संघीय सरकारको अनुदानमा मकवानपुरमा पूर्वाधार विकास कार्यालय चितवनमार्फत १० वटा पुल बन्दै छ । प्रदेश सरकारको लगानीमा चालू आर्थिक वर्षमा मकवानपुरमा ६ वटा, नुवाकोटमा ८, सिन्धुलीमा ६, रामेछाप, दोलखा र रसुवामा १/१ वटा, भक्तपुरमा ९, काभ्रेमा ४, सिन्धुपाल्चोकमा ६, धादिङमा ४, चितवनमा ९, काठमाडौंमा ७ र ललितपुरमा २ वटा लगायतका पक्की पुल निर्माण भइरहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

यसैगरी कोरोना महामारीले पुल निर्माण असर परेको थियो । महामारीले पुल निर्माणमा असर परेपनि प्रदेश सरकारले काम भने रोकेन् । बागमती प्रदेशभर निर्माणाधीन १९ वटा पक्की पुलको निर्माण कार्य लकडाउनको अवधिमा पूरा भएको थियो । यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका अनुसार चालू आर्थिक वर्ष २०७६/७७ मा निर्माणाधीन अवस्थामा रहेका ९० वटामध्ये १९ वटा पक्की पुलको काम लकडाउनकै अवधिमा सकिएको थियो । बाँकी पक्की पुलको काम भने भइरहेको छ ।

लकडाउनमै पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमा पाँचवटा, चितवन र ललितपुरमा चार÷चारवटा, काभ्रेमा तीनवटा, रामेछापमा दुई र नुवाकोटमा एउटा पक्की पुल निर्माण सकिएको थियो । यातायात पूर्वाधार निर्देशनालयका अनुसार तत्कालीन जिल्ला विकास समितिबाट हस्तान्तरण भएर आएका र प्रदेश सरकारको योजना अनुसारका पक्की पुलहरुको निर्माण सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*