काठमाडौंमा गलले हिर्काएर भाउजुको हत्या, ट्याक्सी चढेर देवर गए प्रहरी कार्यालय

जनपत्र
५ बैशाख २०७८, आईतवार ०६:२०

काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको हत्या गरेका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको हत्या गरेका हुन् ।
फलामको गलले हिर्काएर ४८ वर्षीय मोहनराजले भाउजूको हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हिर्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजूको हत्या गरेर ‘आत्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
देवरले हिर्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृत घोषणा गरेका छन् । हत्या आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको रड बरामद गरेको छ । भाउजूले एक्कासि गाली गरेपछि लात्ती, मुड्की र गलले हिर्काएर हत्या गरेको आरोपीले साविती बयान दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*