फ्लोर क्रस गर्ने तीन सांसदहरु मन्त्री बनेकै दिन एमालेबाट निष्कासित

जनपत्र
५ बैशाख २०७८, आईतवार ०६:१५

नेकपा एमालेले कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारको पक्षमा फ्लोर क्रस गरेर मतदान गर्ने तीनजना सांसदलाई पार्टीबाट निष्कासित गरेको छ । फ्लोर क्रस गरेर आफ्नो पद जोगाइदिएको बदला शाहीले मन्त्रीमा नियुक्त गरेकै दिन एमाले कर्णाली प्रदेश कमिटीको शनिबार बसेको बैठकले सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो।

पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निष्कासन गरिएको प्रदेश अध्यक्ष गोरख बहादुर बोगटीले बताए। फ्लोर क्रसको नेतृत्वकर्ता अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई पत्र पठाउने निर्णय बैठकमा भएको छ।

कर्णालीमा मन्त्रीमण्डल विस्तार, फ्लोर क्रस गर्ने चारमध्ये तीन मन्त्री
प्रदेश कमिटी अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा संसदीय दलले शुक्रबार गरेको निर्णयलाई पनि आधार मानेर उनीहरुमाथि कारबाही गरिएको उल्लेख छ ।

‘निजहरुलाई २०७८ वैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गरिएको छु, विज्ञप्तिमा भनिएको छ, ुनेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ।’

यसैबीच फ्लोर क्रस गर्ने एमाले सांसदहरुलाई शाहीले मन्त्री बनाएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन् ।

कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्ने भीम रावलको चेतावनी
मन्त्री बनेका सबै एमालेको माधवकुमार नेपाल समूहका नेता हुन् । उनीहरु तीनजना र पूर्वमन्त्री प्रकाश ज्वालाले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।


फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*