एमाले मकवानपुरका स्थानीय जनप्रतिनिधिहरुको भेला

जनपत्र
४ बैशाख २०७८, शनिबार २१:३०

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मकवानपुरको आयोजनामा स्थानीय जनप्रतिनिधिहरुको भेला आज हेटौंडामा भएको छ । मकवानपुरका स्थानीय तहमा एमालेले प्रतिनिधित्व गरेका प्रतिनिधिहरुको भेला भएको हो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार बिरोधि जनतामा फैलाईएको भ्रम चिर्न जरुरी रहेको बताउनुभएको छ । नेकपा एमाले मकवानपुरद्धारा आज हेटौंडामा आयोजित जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विकास बिरोधि गतिविधि गर्नेहरुको बिरुद्धमा सम्पूर्ण शक्ति लाग्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले पछिल्लो तीन वर्ष पाट्री निष्कृय जस्तो रहेको भन्दै अब पाट्रीको गतीविधि बढाउनुपर्ने र पाट्रीलाई चलायमान बनाउनु पर्ने बताउनुभयो । जनतामा फैलाईएको भ्रमलाई चिर्दै शशक्त पाट्री निर्माणको अभियानमा लाग्नुपर्ने उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले सरकारले गरेका कामहरु देखिन थालेको भन्दै ती कामहरुलाई जनता माझ ल्याएर भ्रम चिर्ने काममा पाट्रीले शसक्त रुपमा भुमिका खेल्नुपर्ने बताउनुभयो ।

तीन तहमा भएका कामहरु एमाले नेतृत्वको सरकारले गरेका हो भन्ने कुरा जनाता माझ पु¥याउन जरुरी रहेको भन्दै उहाँले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न समेत जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । एमाले भनेर एमाले बिरोधि गतिविधि गर्नेहरुको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन समेत मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, एमालेबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, एमाले बागमती प्रदेश कमिटीका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमालेका प्रदेशकमिटीका सदस्य प्रलाद लामिछाने, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, एमाले मकवानपुरका सचिब लालबहादुर थापा लगाएतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मकवानपुरको दश वटै स्थानीय तहमा एमालेका तर्फबाट जनप्रतिनिधि बनेकाहरुले आफ्ना धारणा राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*