मुनु सिग्देललाई सोधियो स्पष्टीकरण

हेटौंडा । नेकपा एमाले मकवानपुरकी निवर्तमान अध्यक्ष मुनु सिग्देललाई पार्टीको हित विपरित काम गरेको भन्दै एमाले मकवानपुरले स्पष्टीकरण सोधेको छ ।
आफ्नै नेतृत्वको सरकारको विरोधमा गतिविधि गरेको, नेकपा एमालेकै तर्फबाट बागमति प्रदेशसभा सदस्य भएपनी आफ्नै पार्टीको मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पार्टिको झण्डाको दुरुपयोग गर्दै गुटगत गतिविधि गरेको, नेकपा एमालेको नाउमा रहेको ९ लाख ३५ हजार रुपैया झिकेर आफुखुसी खर्च गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले सिग्देललाई स्पष्टीकरण सोध्नु भएको हो ।
स्पष्टिकरण जस्ताको तस्तै ।