पानी पर्दा मकवानपुरका किसान खुशी, डढेलो पनि निभ्यो

जनपत्र
४ बैशाख २०७८, शनिबार ११:१०

मकवानपुर । सुक्रबार साँझ पानीपरेपछी मकवानपुरका किसान खुसी भएका छन् । लामो समयसम्मको खडेरीका कारण चिन्तित बनेका किसान खुसी भएका हुन् । सबै खेतबारी पुरै भिज्ने पानी परेन तैन पनि थोरै पानी परेपनि किसान खुसी भएका हुन् ।

खडेरीका कारण मकवानपुरको दशवटै स्थानीय तहका किसानले बारीमा मकै लगाउन पाएका थिएनन् । अब भने मकैछर्नका लागि सहज भएको किसानहरु वताउँछन् । सुक्रबारसाँझ हुरीवता, असीनासंगै पानी परेको थियो । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् ।

लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो किसानहरु वताउँछन् । पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आएको छ । यस वर्ष गएको एक महिनाको मकवानपुरका दशवटै स्थानीय तहका दर्जनौ सामुदायिक वनमा आगलागी भएको छ । जङ्गलमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए तर, वर्षाले आगलागी नियन्त्रणमा आएको स्थानीय बासिन्दाले बताएका छन् ।

असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थियो भने बर्खे खेती लगाउन पनि असर परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*