मनहरीमा वर्षायाममा पनि सवारी चलाउन सात वटा पक्की पुल निर्माण

पहिले पुल नहुँदा खहरेखोला ओहोर– दोहोर गर्नका लागि समस्या भएपनि अहिले भने सहज भएको छ ।
जनपत्र
४ बैशाख २०७८, शनिबार ०९:३९

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा साना खालका पुल निर्माणलाई पनि प्राथमिकता दिइएको छ । ठुला खोलामा लामा र फराकिला पुल निर्माण गर्ने कामसंगै साना खहरे खोलाहरुमा पनि साना खालका सात वटा पुल निर्माण गरिएको छ । चार वर्षको अवधिमा साना कज्वय एक दर्जन निर्माण भएका छन् । तर, खोला ओहोर दोहोर गर्नका लागि मनहरी गाउँपालिकाको बिभीन्न वडामा साना लगानीका सात वटा पक्की पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

गाउँपालिकामा जनप्रतिनिधि आएपछी बिकासका कामले गति लिएसंगै गाउँमा सडक निर्माण, पुल निर्माण, खानेपानी, बिजुली, कृषि, सहकारी क्षेत्रमा विकास भएसंगै साना कामका लागि पनि संघीय सरकारको मुख ताक्नुपर्ने समस्या बेहोर्दै आएका स्थानीय वासिन्दाहरुलाई अहिले भने आफ्नै जनप्रतिनिधिले हरेक विकासका कामलाई प्राथमिकता दिएकोमा स्थानीयहरु खुसी छन् ।

मनहरी गाउँपालिका वडा नम्बर–६ लच्काबाट प्रतापपुर जाने पुल निर्माण गरिएको छ । कुल ३५ लाख रुपैयाँ लागतमा यहाँपुल निर्माण गरिएको हो । पुल निर्माण भएपछी स्थानीय वासिन्दाहरु निकै खुसी भएका छन् । पहिले पुल नहुँदा विभीन्न खालका समस्या बेहोर्नुपरेको भएपनि अहिले भने सहज भएको स्थानीय वासिन्दाहरु वताउँछन् । अब वर्षायाममा पनि सवारीका साधन ओहोर दोहोर गर्नका लागि सहज भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर–७ कत्लेखोलामा पुल निर्माण गरिएको छ । मानेडाँडा–रमौली सडक खण्डमा पुल निर्माण गरिएको हो । ८० लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

मनहरी–७ कै तल्लोबजारको जिर्ण अवस्थामा रहेको काठको पुल भत्काएर अर्को पक्की पुल निर्माण गरिएको छ । २५ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो । वडा नम्बर–७ मै दुइवटा पुल निर्माण भएपछी स्थानीय वासिन्दाहरुलाई सहज भएको अध्यक्ष उप्रेतीले वताउनुभयो । यसैगरी वडा नम्बर ७ मै माथील्लो शिबीर र लामाटोल जानेपुल निर्माण गरिएको छ । १० लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो ।

यसैगरी मनहरी गाउँपालिका वडानम्बर–८ पीसपार्कको दाङसिंह खोल्सीमा १० मिटर लामो पुल निर्माण गरिएको छ । ७ लाख रुपैयाँ लगानीमा पुल निर्माण गरिएको हो । मनहरी गाउँपालिका वडा नम्बर–३ साझाटोलमा पनि पुल निर्माण गरिएको छ । कौगेडी जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी मनहरी ३ कै हाँडीखोला र भुन्दु्रङ जोड्ने पुल निर्माण गरिएको छ । २१ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो । पुल निर्माण भएपछी यस क्षेत्रका वासिन्दाहरुलाई सहज भएकोे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*