माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भयो : बाँस्कोटा

जनपत्र
४ बैशाख २०७८, शनिबार ०६:४०

नेकपा ‘एमाले’ का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव कुमार नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको टिप्पणी गरेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा पार्टीका चार जना सांसदले ह्वीप उल्लंघन गर्दै विश्वासको मत दिएपछि नेता बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।

नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत नेता नेपालमाथि यस्तो टिप्पणी गरेका छन् । उनले लेखेका छन्-“कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधब नेपालले पाउदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भयो।अब उनको एउटा काम बँकी छ,त्यो हो (माओवादी समर्थन झिक्न रअविस्वास प्रस्ताव एकसाथ राख्न लाउने,त्यस पछि कार्वाही खाने बाटा लाग्ने।बस!!” रिपार्टर्सनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*