सुर्खेतबाट धरान जाँदै गरेको बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु

जनपत्र
४ बैशाख २०७८, शनिबार ०६:३४

सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार राति बाँकेको कोहलपुरमा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन्। कोहलपुर नगरपालिका(१२ रोहिणी खोला नजिक यात्रु बर टिपरसँग ठोक्किँदा ५ जनाको मृत्यु भएको हो।

दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिइएको छ। सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजेतिर विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दुर्घटनामा पाँचजनाको ज्यान गएको बताए। दुर्घटनाका घाइतेलाई कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा टिप्पर​का सह(चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छ। त्यसैगरी बसमा सवार ४१ वर्षीय जीवन कुमार विक र छत्रबहादुर कटुवाल छन्। दुर्घटना ज्यान गुमाएकी ३५ वर्षीया महिलाको पहिचान खुलेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*