२६ सय वर्षअघि नेपालमै सल्य चिकित्सा सुरु भएको होः प्रम ओली

जनपत्र
४ बैशाख २०७८, शनिबार ०५:५९

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मृगौला सम्बन्धी सल्य चिकित्साको क्षेत्रमा असाधारण र नमुना योग्य प्रगति गरेको बताएका छन्। शुक्रबार राजधानीमा सुरु भएको नेपाल युरोलोजिकल सल्य चिकित्सक संघको छैठौं वार्षिक हाइब्रिड सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन्।

‘मैले एक वर्षअघि मात्र स्वदेशमै दोस्रो प्रत्यारोपण गरेको थिएँ। म विल्कुल स्वस्थ्य छु र प्रधानमन्त्रीको जस्तो गहन मजिम्मेवारी सम्हाली रहेको छु,’ उनको भनाइ थियो। प्रत्यारोपण पछिका १३ महिना आफू विना कुनै स्वास्थ्य समस्या काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले आफूसँगै दुवै पटकका मृगौलादाताहरु समेत स्वस्थ्य र सक्रीय रहेको पनि बताए।

सल्य चिकित्सा करिब २६ सय वर्षअघि ऋषि श्रुषुतले नेपालमै विकास गरेको प्रशंग उल्लेख गर्दै उनले त्यसपछि लामो समय अन्तरमा १३ वर्षअघि फेरि नेपालमा आएको प्रधानमन्त्रीले बताए। सन् १९०२ को असफल प्रयासबाट सुरु भएको मृगौला प्रत्यारोपण १९५४ देखिको पहिलो सफलता र त्यसपछि क्रमशः प्रगति भइरहेके समेत उनले उल्लेख गरे।

पहिलो पटक आफ्नो मृगौला प्रत्यारोपण गर्दा देशमा त्यो सुविधा नभएका कारण भारतमा गर्नुपरेका स्मरण गर्दै उनले १३ वर्षपछि सुविधा पाएकै कारण नेपालमा सल्यक्रिया गरिएको बताए। नेपालले पहिलो मृगौला प्रत्यारोपण गरेको १३ वर्षमा ठूला उपलब्धीहरु हासिल गरेको समेत प्रधानमन्त्रीले बताए। सार्क तथा विश्वका अन्य क्षेत्रका चिकित्सक हरुको अनुभव आदान प्रदानले यस क्षेत्रमा थप प्रगतिको बाटो खोलेको बिचार उनको थियो।

कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा मृगौला सम्बन्धी सल्य क्रियामा लामो योगदान गरे बापत प्राध्यापक डा अर्जुन देव भट्टलाई जीवनकाल उपलब्धी पुरस्कारबाट सम्मानित गरेका थिए। यसैगरी नेपाल युरालोजिकल सल्य चिकित्सक संघ लाई निरन्तर सहयोग पुर्याउने भारतीय युरोलोजि विद् डा रविन्द्र बी साबनिस नेपाल युरोलोजिकल संघको मानार्थ सदस्यता प्रदान गरेका थिए। डिसिनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*