बागमती प्रदेशमा भूमि सम्वन्धी समस्या समाधानका लागि के–के काम गरियो ?

श्रोत, साधनको अभाबका बिचमा समेत प्रदेशका १३ वटै जिल्लामा सुकुम्वासीको लगत संकलन गर्ने काम भइरहेको छ ।
जनपत्र
३ बैशाख २०७८, शुक्रबार १८:५६

हेटौंडा । मकवानपुर जिल्लाका सुकुम्वासी, भूमिहिनका समस्या समाधान गर्नका लागि धेरे खालका काम गरिएको छ । सबै स्थानीय तहमा छलफल, अन्तरक्रियासंगै वडा स्तरमा समेत काम गरिएको छ ।

जिल्लाका पाँच वटा स्थानीय तहमा सुकुम्वासी, भूमिहिन र अव्यवस्थित बसोवासीहरुको लगत संकलन गरिएको सुकुम्वासी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष रामेश्वर राना वताउनुहुन्छ । हाल सम्म मकवानपुरमा ४ हजार ४ सय ३४ जनाले निवेदन दर्ता गराएका छन् । आयोगले नियमका आधारमा छानविन गर्ने र अरु निवेदन पनि लिने काम गर्दै गरेको उहाँ वताउनुहुन्छ ।

चितवन जिल्लामा हाल सम्म १५ हजार जनाको निवेदन संकलनको काम गरिएको छ । आयोग गठन भएलगतै देखि काम सुरु गरिएको र हरेक स्थानीय तहमा कामले गति लिएको आयोगका चितवन अध्यक्ष यादब पाठक वताउनुहुन्छ । सुकुम्वासीहरु ४१ हजार जनाको निवेदन प्राप्त गर्ने आयोगको चितवन कार्यालयले अपेक्षा गरेको छ । नापनक्सा भएका लालपूर्जा नभएका समस्या पनि धेरै रहेको वताउँदे उहाँले भन्नुभयो–‘सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुका धेरै खालका समस्या रहेकाले यसको समाधान गर्न लागिएको छ ।’

काठमाण्डौं जिल्लामा रहेका भूमिहिन र सुकुम्वासीहरुका समस्या समाधान गर्नका लागि बिभीन्न चरणमा काम भइरहेका छन् । तीन स्थानमा केन्द्र बनाएर काम गरिएको सुकुम्वासी समस्या समाधान आयोग काठमाण्डौका अध्यक्ष रामशरण ढुंगाना वताउनुहुन्छ । अहिले सम्म ११ वटा नगरपालिकासंग संझौता गरेर काम अगाडी वढाइएको उहाँको भनाई छ । कर्मचारी एक जना मात्र भएपनि पदाधिकारीसबै मिलेर काम गरिएको छ ।

ललितपुर जिल्लामा रहेकाहरुको पनि आफ्नै खालका समस्या छन् । केही स्थानीय तहले आयोगका काममा चासो नदिने समेत गरेका छन् । केहीले भने आफ्ना काम अगाडी वढाएको सुकुम्वासी समस्या समाधान आयोग ललितपुरका अध्यक्ष मधुसुधन पौडेल वताउनुहुन्छ । अब छिटो छरितो रुपमा सुकुम्वासीका समस्या समाधान गर्ने हो भने वडा तह र स्थानीय तहलाई धेरै अधिकार दिएमा काम गर्न सहज हुने उहाँ वताउनुहुन्छ ।

सिन्धुपाल्चोक जिल्लामा सुकुम्वासीका विवरणहरु संकलन भएका छन् । आयोगसंग यस जिल्लाका नागरिकका अपेक्षा धेरै रहेको र त्यस अनुसार काम गर्नका लागि कठिनाइ परेको आयोगको सिन्धुपाल्चोक जिल्लाका अध्यक्ष बालकृष्ण देउजा वताउनुहुन्छ । सिन्धुपाल्चोकमा सुकुम्वासी, भूमिहिनसंगै पहिरोका कारण सुकुम्वासी भएकाहरुको झनै समस्या छ । उनीहरुका घर, खेत, बारी छैनन् । उनीहरुका समस्या समाधान गर्न आयोगलाई समेत अधिकार दिनुपर्ने देउजा वताउनुहुन्छ । सुकुम्वासी आयोगको नाम अनुसार काम पनि सुकुम्वासी तरिकाको भएकाले केही समस्या भएको वताउनुभयो ।

नुवाकोट जिल्लामा हरेक स्थानीय तहमा आयोगका वोर्ड झुण्डाएर काम सुरु गरिएको छ । ८८ वटा वडा सचिबलाई जिम्मेवारी दिएर काम थालिएको पनि छ । स्थानीय तहमा लगत संकलन गरेर काम सुरु गरिएको आयोगका नुवाकोट अध्यक्ष विन्दा ढुंगाना वताउनुहुन्छ ।

बागमती प्रदेशका यी छ वटा जिल्लाहरु जस्तै अरु सात वटा जिल्लामा पनि सुकुम्वासी समस्या समाधान आयोगले कार्यालय खोलेर काम गर्दै आएका छन् । सबैजसो जिल्लामा रहेका सकुम्वासीहरुका समस्या समाधान गर्नका तिब्र रुपमा काम भएका छन् । यही कामलाई सघाउन बागमती प्रदेशको भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय लागिपरेको छ । मन्त्रालयलाई सघाउनका लागि मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा काम सुरु भएको छ । प्रदेशका १३ वटै जिल्लामा परेका समस्या, हाल सम्म भएका कामको प्रगती हेर्नका लागि आज हेटौंडामा अन्तरक्रिया समेत गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिहिनलाई लालपूर्जा दिएपछी मात्र भूमि समस्या समाधान आयोगको औचित्य रहने वताउनुभएको छ । उहाँले प्रदेशका सुकुम्वासीहरुका समस्या समाधान गर्न आफुहरु लाग्ने वताउनु भएको छ । बागमती प्रदेशको भूमि सम्वन्धी समस्या समाधान आयोगका पदाधिकारी, सदस्यसचिबहरुसंग सुकुम्वासीका समस्या, चुनौती र समाधानको बारेमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन् गर्दै उहाँले यस्तोकुरा वताउनुभयो ।

धेरै काममा प्रदेश सरकारले पनि सघाउने वताउँदै उहाँले भन्नुभयो–‘चालु आर्थिक वर्ष सम्म दुख गरेर भएपनि काम गरौं पछी सबैखालका समस्या बजेटपछी समाधान हुने छ ।’ जिल्लाका आयोगका समस्या एकत्रित गरेर समाधान गर्नका लागि आफु प्रधानमन्त्रीकहाँ जाने समेत उहाँले वताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न पनि आयोगले काम गरेर देखाउनुपर्ने वताउँदै उहाँले भन्नुभयो–‘प्रदेशका एक सय १९ वटै स्थानीय सरकारले भूमि सम्वन्धी समस्या समाधान गर्न लागौं । दुख र कठिनाई हुँदा पनि काम भने गर्नै पर्छ । सबैजना दुख गरेरनै यो अवस्थामा आइपुगेका हौं यही अनुसार काम गरेर देखाउनुपर्छ ।’

प्रदेश सरकार स्थापना हुँदा पहिले सुकुम्वासी समस्या समाधान आयोगको जस्ते हालत रहेको स्मरण गराउँदै उहाँले धेरै खालका समस्यालाई पन्छाएर अहिलेको अवस्थामा काम गर्न सकिएको हो । कार्यक्रममा प्रदेशको भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले यस प्रदेशमा सुकुम्वासीहरुका धेरै खालका समस्या छ यो समस्या समाधान गर्न सबै लाग्न आग्रह गर्नुभयो । बषौंदेखिको भूमिहिनको समस्या समाधान गर्नैपर्ने वताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिब मतिना बैद्य जोशीले सुकुम्वासीको समस्या समाधान गर्नका लागि आयोगका पदाधिकारी मात्र होइनकी सिङ्गो मनत्रालयनै साथमा रहेको वताउनुभयो । हरेक खालका समस्या समाधान गर्नका लागि मन्त्रालय लागिपरेको उहाँले वताउनुभयो । सुकुम्वासीको समस्या राष्ट्रिय समस्या भएकाले यसमा सबै लाग्नुपर्ने वताउनुभयो । बिभीन्न जिल्लाका फरक फरक समस्या भएकाले यसलाई हेरेर लागिने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*