भूमिहिनलाई लालपूर्जा दिएपछी मात्र आयोगको औचित्य रहन्छ–मुख्यमन्त्री पौडेल

जनपत्र
३ बैशाख २०७८, शुक्रबार १८:११

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिहिनलाई लालपूर्जा दिएपछी मात्र भूमि सम्वन्धी समस्या समाधान आयोगको औचित्य रहने वताउनुभएको छ । उहाँले प्रदेशका सुकुम्वासीहरुका समस्या समाधान गर्न आफुहरु लाग्ने वताउनु भएको छ ।

बागमती प्रदेशको भूमि सम्वन्धी समस्या समाधान आयोगका पदाधिकारी, सदस्य सचिबहरुसंग सुकुम्वासीका समस्या, चुनौती र समाधानको बारेमा आज हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन् गर्दै उहाँले यस्तोकुरा वताउनुभयो । धेरै काममा प्रदेश सरकारले पनि सघाउने वताउँदै उहाँले भन्नुभयो–‘चालु आर्थिक वर्ष सम्म दुख गरेर भएपनि काम गरौं पछी सबैखालका समस्या बजेटपछी समाधान हुने छ ।’

जिल्लाका आयोगका समस्या एकत्रित गरेर समाधान गर्नका लागि आफु प्रधानमन्त्रीकहाँ जाने समेत उहाँले वताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न पनि आयोगले काम गरेर देखाउनुपर्ने वताउँदै उहाँले भन्नुभयो–‘प्रदेशका एक सय १९ वटै स्थानीय सरकारले भूमि सम्वन्धी समस्या समाधान गर्न लागौं । दुख र कठिनाई हुँदा पनि काम भने गर्नै पर्छ । सबैजना दुख गरेरनै यो अवस्थामा आइपुगेका हौं यही अनुसार काम गरेर देखाउनुपर्छ ।’

प्रदेश सरकार स्थापना हुँदा पहिले सुकुम्वासी समस्या समाधान आयोगको जस्तै हालत रहेको स्मरण गराउँदै उहाँले धेरै खालका समस्यालाई पन्छाएर अहिलेको अवस्थामा काम गर्न लागिएको वताउनुभयो । कार्यक्रममा प्रदेशको भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले यस प्रदेशमा सुकुम्वासीहरुका धेरै खालका समस्या छ यो समस्या समाधान गर्न सबै लाग्न आग्रह गर्नुभयो ।

बषौंदेखिको भूमिहिनको समस्या समाधान गर्नैपर्ने वताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिब मतिना बैद्य जोशीले सुकुम्वासीको समस्या समाधान गर्नका लागि आयोगका पदाधिकारी मात्र होइनकी सिङ्गो मन्त्रालयनै साथमा रहेको वताउनुभयो । हरेक खालका समस्या समाधान गर्नका लागि मन्त्रालय लागिपरेको उहाँले वताउनुभयो । सुकुम्वासीको समस्या राष्ट्रिय समस्या भएकाले यसमा सबै लाग्नुपर्ने वताउनुभयो । बिभीन्न जिल्लाका फरक फरक समस्या भएकाले यसलाई हेरेर लागिने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*