हेटौंडामा लागुऔषध सहित तीन जना पक्राउ

जनपत्र
२ बैशाख २०७८, बिहीबार १८:३३

हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित दुई महिला सहित तीन जना पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङ मकवानपुरबाट प्रहरी सहायक निरीक्षक सुबोध ठाकुर मैथिलको कमाण्डमा खटिएको चेकीङ टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अटोमा सवार राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने ४७ वर्षीया निर्मला तामाङ, सोही स्थान बस्ने ४७ वर्षीया मायाँ तामाङ र अटो चालक हेटौंडा उपमहानगरपालिका वडा नं. ११ बस्ने ४० वर्षीय चतुरमान मोक्तान रहेका छन् । पूर्व पश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गत ना १ ह ९०९९ नम्बरको अटोमा लुकाई छिपाई ल्याएको २ वटा पोकामा लागुऔषध गाँज २३ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागुऔषध गाँजा र अटो सहित नियन्त्रणमा लिई बिहिबार जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा म्याद गरी आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*