बागमती प्रदेश प्रहरीले बिद्यालय स्तरीय व्याटमिन्टन प्रतियोगिता गर्दै

हेटौंडा/ समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भोली देखी ५ गते सम्म मकवानपुर जिल्ला विद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता संचालन गर्ने भएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गतको प्रमुख साझेदार निकाय बिद्यालय समेत भएकाले बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गरी मकवानपुरमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
खेलको बिकास तथा बिस्तार गर्ने, स्कुलका विद्यार्थीहरुमा ब्याडमिन्टन खेल प्रति रुची जगाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सहित उक्त प्रतियोगिता संचालन गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता मिरा चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा मकवानपुर जिल्ला अन्तर्गतको बिभिन्न सामुदायीक एवम् निजी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागीतामा रहने छ । तीन दिन सम्म संचालन हुने प्रतियोगिताको प्राविधीक सहयोग जिल्ला ब्याटमिन्टन संघ मकवानपुरले गर्ने छ ।
कक्षा १ देखी १० कक्षा सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता विभिन्न ५ बिधामा संचालन गरीने छ । १२ बर्ष मुनि उमेर समुहका लागि महिला र पुरुषको सिंगल तथा १२ बर्ष माथीको उमेर समुहमा महिला र पुरुषको सिंगल्स तथा पुरुष तर्फको डबल्स गरी ५ वटा बिधामा प्रतियोगिता संचालन गरीने छ ।
थानाभर्यासङ, हेटौडा स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको बहुउद्देश्यीय कभर्ड हलमा सम्पुर्ण कार्यक्रमहरु सञ्चालन गरिनेछ । यसरी प्रतियोगितामा सहभागी भएका खेलाडीहरु मध्येबाट उत्कृष्ट ३० जना खेलाडीहरुलाई २ महिना सम्म निशुल्क प्रशिक्षण प्रदान गरीने छ ।