हेटौंडामा लागूऔषध सहित एक जना पक्राउ

जनपत्र
३१ चैत्र २०७७, मंगलवार १७:३३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लामसुरेमा लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिशेषसुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेका हेटौंडा ९ बस्ने बर्ष २५ को सोबित तामाङलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्दा निजको साथबाट लागुऔषध डाईजेपाम १६ एम्पुल, फेनार्गन १६ एम्पुल, नुर्फिन १६ एम्पुल फेला परेको हुँदा निजलाई लागुऔषध सहित पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा म्याद अनुमती लिई आवस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*