हेटौंडामा ध्वनी प्रदुषण वढ्यो

आचल घिमिरे
३१ चैत्र २०७७, मंगलवार ०७:४४

हेटौंडा । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौडा उपमहानगरपालिका भित्र ध्वनि प्रदूषण धरै बढेको छ ।. ग्रीन सिटि हेटौडा भनेर चिनिने यो सहर ध्वनि प्रदूषणबाट आक्रान्त रहेको छ । हेटौंडामा सबै भन्दा धेरै सवारी चाप वढेका कारण पनि ध्वनी प्रदुषण बढेको मेनरोडका व्यापारी वताउँछन् । अव्यवस्थित सहरीकरण र जनसंख्या वृद्धि सगसंगै ध्वनि प्रदूषणका समस्याहरु दिन प्रतिदिन बढदै गईरहेको छ ।

ध्वनि प्रदूषण कै कारण बर्षे नै उच्च रक्तचाप र तनाव बढ्ने, श्रवण शक्ति गुम्ने, निद्रा नलाग्नेजस्ता समस्याका बिरामीहरु बढदै गएको हेटौंडाका स्वास्थ्यकर्मीहरु वताउँछन् । वनि प्रदूषणले हृदयाघात, पक्षघात, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर पारेको छ । सहरीकरण र बढ्दो जामले ध्वनि प्रदूषण बढदै गएको हो । तीव्र रुपमा बढदै गईरहेको ध्वनि प्रदूषणले दिनँहृ’ समस्या बढाउदै गईरहेको छ । सवारी साधनका हर्न ट्राफिक प्रहरीले नियन्त्रण गर्न नसक्दा पनि ध्वनी प्रदुषणले हेटौंडामा समस्या पारेको मेनरोडका व्यापारी सगुन घिमिरे वताउनुहुन्छ ।

ध्वनि प्रदूषण भन्नाले ध्वनिमा र्भएको दुषितपना अर्थात, ध्वनिका कारण मानव स्वास्थ्यमा पर्ने हानी नोक्सानीलाई बुझाउछ । हाम्रो कानले ८ डेसिमल भन्दा बढि डेसिमलको आवाजलाई सहन सक्दैन । सवारीको हर्नलाई असभ्यताको रुपमा हेर्न सकिन्छ । त्यसमाथि पनि सडक रेखाहरु, विभिन्न ट्राफिक संकेत चिन्हहरु र ट्राफिक लाइटले चालकलाई गाइड गरेका हुन्छन् ।

सवारी रोक्ने, यात्रु चढ्ने, उत्रने आदि सबै पूर्वनिर्धारित हुन्छन् र त्यसैअनुरुप नै सवारी सञ्चालन हुन्छन् । कसैले सडक अनुशासन पालना गरेन भने उसलाई चेतावनी दिनमात्र अर्को चालकले हर्न बजाउन सक्छ । हाम्रो देशमा चालकलाई सडकमा डो¥याउने खालका ट्राफिक संकेत तथा रेखाहरु बनेपनि बेवास्ता गरिन्छ । हर्न बजाउने त अधिकारकै कुराजस्तै गरी कतिपय सवारीको पछाडि हर्न प्लिज भनेर लेखिएको समेत देखिन्छ ।

ध्वनी प्रदुषणगर्नेहरुलाई भने मकवानपुर ट्राफिक प्रहरीले खासै कार्वाही गरेको छैन । ध्वनी प्रदुषण रोक्नका लागि भने चेतनाका कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

विद्यालय र अस्पताल नजिकै ठुलो आवाजमा हर्न बजाउन पाइदैन भन्दाभन्दै पनि चर्को आवाजमा हर्ने बजाउने गरेको पाईन्छ । जसका कारण ध्वनि प्रदूषणले विद्यार्थीको पठनपाठन र जेष्ठ नागरिक तथा बिरामीहरूको स्वास्थ्यमा समेत असर परिरहेको छ । ध्वनि प्रदूषणको उचित व्वस्थानपन गरी ध्वनि प्रदूषण हुन नदिनका लागि सरकारले सञ्चार माध्यमहरुमा जनचेतनामूलक साामाग्रीहरु प्रचारप्रसार गनुपर्ने देखिन्छ भने लामो समयदेखि समस्याको रुपमा रहेको हेटौडाको ध्वनि प्रदूषण व्यवस्थापन जिल्ला प्रहरी कार्यालयको लागि चुनौति बन्दै गएको छ ।

ध्वनि प्रदूषण मापदण्ड गर्न बनाइएको कानुन पालना नहुँदा जनजीवन कष्टकर बन्दै गएको छ । सरकारले तोकेको मापदण्डभन्दा दोब्बर बढीले निस्कने आवाज नियन्त्रण नहुँदा दैनिक जीवनमा तनाव थपिँदै गएको हो । भीआईपी सवारीले बजाउने हर्न, दमकल, एम्बुलेन्सलगायत सवारीसाधनको अनियन्त्रित हर्न मापदण्डभन्दा दोब्बर हुने गरेको छ। जथाभावी म्युजिकल साउन्ड सिस्टम, जेनेरेटर, मोटर पम्प, ग्रिल उद्योेगले ध्वनि प्रदूषण हुने गरेको छ ।

सरकारले ०६९ कात्तिक १३ गते राजपत्रमा सूचना प्रकाशन गरी ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड जारी गरेको थियो । सरकारले औद्योेगिक क्षेत्रमा दिनमा ७५ र रातमा ७० डिसेबल, व्यापारिक क्षेत्रमा ६५ र ५५ डिसेबल, ग्रामीण आवास क्षेत्रमा ४५ र ४० डिसेबल, सहरी आवास क्षेत्रमा ५५ र ५५ डिसेबल, मिश्रित आवास क्षेत्रमा ६३ र ४० डिसेबल र शान्त क्षेत्रमा ५० र ४० डिसेबल गरी ६ क्षेत्रको ध्वनिको सीमा निर्धारण गरेको थियो ।

ध्वनि प्रदूषणले उच्च रक्तचाप र तनाव बढ्ने, श्रवण शक्ति गुम्ने, निद्रा नलाग्नेजस्ता समस्या निम्त्याउँछ । ध्वनि प्रदूषणले हृदयाघात, पक्षघात, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर गर्ने गर्छ सहरीकरण र बढ्दो जामले ध्वनि प्रदूषण बढदै गएको हो । अधिकतम ध्वनि उत्सर्जन गर्ने सवारीसाधनलाई नियमन गरी नियन्त्रण गर्नुपर्ने देखिन्छ। वातावरण संरक्षण ऐन २०५३ को दफा १८ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार ध्वनि प्रदूषणको मापदण्डविपरीत अन्य कुनै कार्य गरेको पाइए सरकारले त्यस्तो कार्य तुरुन्त बन्द गराउन सक्ने व्यवस्था गरेको छ । त्यस्तो कार्य कुनै व्यक्ति संस्थाले गरेको भए निजलाई कसूरको मात्रा हेरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*