बागमती प्रदेशमा एकैदिन २३५ जना कोरोना संक्रमित थपीए, मकवानपुरमा कोरोनाको जोखिम

जनपत्र
३१ चैत्र २०७७, मंगलवार ०७:१३

हेटौंडा । बागमती प्रदेशमा हिजो एकै दिनमा २ सय ३५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपीएका छन् । कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको छ । हिजो एकैदिनमा संक्रमितहरु धेरै थपीदै गएको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिनुभयो ।

मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । भारतको रक्सोलबाट सिधै बिरगन्जहुँदै आवतजाओत बढेपछी कोरोनाको जोखिम बढेको हो । स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा थप समस्या भएको स्वास्थ्यकर्मीहरु वताउँछन् । मकवानपुर जिल्लामा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षणका बिरामीहरु बढ्न थालेका छन् । बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ । कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*