के चन्द्रमामा एलियनको अस्तित्व देखिएकै हाे त ?

जनपत्र
३१ चैत्र २०७७, मंगलवार ०६:५०

चन्द्रमामा एलियनहरूको अस्तित्व छ कि छैन भन्ने विषयमा संसारभरिका वैज्ञानिकहरूबीच अहिलेसम्म मतभेद छ । ट्विटरमा अहिले भाइरल भइरहेको एक भिडियो हेर्दा चन्द्रमामा एलियनहरू बस्छन् कि भन्ने अनुभूति हुन्छ ।

फिजिक्स–एस्ट्रोनोमी नामक ट्विटर ह्यान्डलबाट पोस्ट गरिएको १ मिनेटको भिडियो क्यानडाको क्युबेक शहरमा सिकारु साइन्स फोटोग्राफरले खिचेका हुन् । भिडियोमा चन्द्रमाको उत्तरपूर्वी भागबाट दुईवटा अनौठा वस्तु निस्केको देखिन्छ ।

ती वस्तुहरू उज्यालोबाट अँध्यारोतर्फ जाँदा तीमध्ये एकको छायाँ सतहमा देखिन्छ भने अर्कोको देखिँदैन । त्यसपछि चन्द्रमाको सतहमा उज्यालो भागमा दुवै वस्तुको छायाँ देखिन्छ । यी अनौठा वस्तुहरू अँध्यारोतर्फ जाँदा चम्किलो सेतो रंग देखिन्छ । अँध्यारो भागतिर आउँदा तीनवटा वस्तु रहेछन् भन्ने थाहा हुन्छ । त्यसपछि यी तीनै अँध्यारोमा हराउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*