लुटेराले लगेको सुनचाँदी व्यवसायीको गाडी भेटियो

सिरहाको लहानका सुनचाँदी व्यवसायी राजेश सारडाको घरबाट लुटेराहरुले लगेको गाडी फेला परेको छ । हतियारधारी लुटेरा समूहले लिएर भागेको सारडाको बा।१०च ९३०२ नम्बरको जिप जिल्ला प्रहरी सिरहाको टोलीले जिल्लाको कल्याणपुर नगरपालिका १२ बेल्हामा फेला परेको हो ।
प्रहरीलाइ देखेपछि लुटेराहरु गाडी र सुन चाँदी छाडेर फरार भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।