जम्मू-कश्मीरमा बस दुर्घटना: सातको मृत्यु, तीन गम्भीर घाइते

जनपत्र
३१ चैत्र २०७७, मंगलवार ०६:४१

जम्मू-कश्मीरको दोडा जिल्लामा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । साथै तीन यात्रु गम्भीर घाइते छन् ।

प्रहरीका अनुसार दोडा सहरदेखि ४५ किलोमिटर टाढा पियाकुल गाउँ नजिकै पहाडी सडकमा गुडिरहेको बस सोमबार थाथ्री(गान्दोहस्थित सडकबाट नदीमा खसेको थियो ।

भदेरवाका प्रहरी एसपी राज सिंह गौरियाले बताए अनुसार उक्त मिनीबस दोडाबाट चिल्ली गाउँतर्फ जाँदै थियो । उक्त दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि नजिकका अस्पताल लगिएको छ । सोमबार अवेरसम्म उद्धार कार्य जारी थियो । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*