पत्रकार महासंघ बागमती प्रदेशमा निर्वाचित पदाधिकारी पदस्थापन

जनपत्र
३० चैत्र २०७७, सोमबार १८:२१

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित पदाधिकारीहरुको आज पदस्थापन भएको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश समितिको अध्यक्षमा निर्वाचित शिव देवकोटा लगायत अन्य पदाधिकारीहरुले आज सपथ ग्रहण गरेका थिए ।

आजै अध्यक्ष शिव देवकोटा र महासचिव कृष्ण सारु मगरले आफ्नो पदभार पनि ग्रहण गरेका छन् । यसैगरी प्रदेश समितिको पहिलो बैठक हेटौंडामा बसेको छ । देश संघीयतामा गएपछि बागमती प्रदेश पत्रकार महासंघको दोस्रो कार्यकालको अध्यक्षको रुपमा शिव देवकोटा निर्वाचित भएर आएका हुन् । उनले आफ्नो कार्यकालमा सातै प्रदेशको भन्दा नमूना कार्य गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष देवकोटाले प्रदेशमा संचार ग्राम, स्थानीय तहको विज्ञापन स्थानीय मिडियालाई समानुपातिक ढंगले वितरण गर्ने जस्ता कार्यहरुको सुरुवात गर्ने बताए ।

यसअघिका अध्यक्ष प्रताप विष्टले बामगती प्रदेशले सबै जिल्लाका पत्रकाहरुको लागि काम गर्ने जग बसालेको बताए । उनले बागमती प्रदेशका पत्रकारहरुको लागि पेन्सन कोष, उपचार कोष लगातयका कार्यान्वयन हुन नसकेका जिम्मेवारी समेत हस्तान्तरण भएकोे जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*