पत्रकार महासंघ मकवानपुरमा नयाँ कार्यसमितिको पदस्थापन

जनपत्र
३० चैत्र २०७७, सोमबार १२:५५

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाको ११ औं महाधिबेसनबाट नव निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद्का सदस्य, प्रदेश परिषद्का सदस्यहरुको सपथ ग्रहरण कार्यक्रम आज भएको छ । कार्यसमितिको पदभारग्रहण पनि गरिएको छ । निर्वाचन समितिका संयोजक धुर्बप्रसाद चौलागाइंको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित समितिलाई सपथग्रहण समेत गराइएको छ ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले अग्रज पत्रकारको त्याज र निवर्तमान कार्य समितिको एजेन्डालाई अवलम्बन गर्दै काम गरिने बताउनुभयो । उहाँले आफु सधै श्रमजीवी पत्रकार र पत्रकारिताको शिर उच्च पार्न आफ्नो कार्य समिति लागिपर्ने बताउनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष हरि हुमागाईले मकवानपुरका पत्रकारका लागि धेरै महत्वपूर्ण र राम्रा काम गरिएको वताउनुभयो । आगामी दिनमा पनि आफ्नो साथ र सहयोग रहने वताउनुभयो ।

अध्यक्ष गौतम सहित,२५ गते भएको निर्वाचनमा विजयी बनेका कार्यसमितिका पदाधिकारी, केन्द्रीय र प्रदेश परिषद सदस्यले सपथ लिएका छन् । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश अध्यक्ष शिब देवकोटा, प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*