विकासका काम छिटो गर्न उपमहानगरको आफ्नै जेसीबी

जनपत्र
३० चैत्र २०७७, सोमबार ११:०६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको विकास निर्माणको आम छिटो छरीतो रुपमा सरकार आफैले गर्नका लागि सहज होस भनेर जेसिबी खरिद गरेर कार्यान्वयनमा ल्याइएको छ । हेटौंडाका पछी थपीएका वडाहरु र तत्काल कुनै विकासका काम गरिहाल्नुपरेमा सहज होस भन्ने उदेस्यले जेसीबी खरिद गरेर कार्यान्वयनमा ल्याइएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

स्थानीय सरकारलाई बिकासका काम गर्ने सवारीका साधन हुँदा सहज हुने भएकाले जेसीबी पनि खरिद गरिएको मेयर महतले वताउनुभयो । साना देखि ठुला सम्म बिकासको काम गर्न जेजिबी, टिप्पर, लोडर लगायतका सवारीका साधन चाहिने भएकाले यसलाई खरिद गरेर कार्यान्वयनमा ल्याइएको उहाँले वताउनुभयो । कुल ४९ लाख रुपैयाँ लागतमा जेसिबी खरिद गरेर काम सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*