हेटौंडाको विकासमा टोल विकास संस्थाको महत्वपूर्ण भूमिका छ–मेयर महत

जनपत्र
३० चैत्र २०७७, सोमबार ११:०३

हेटौंडा । सिमल्टार टोल विकास संस्था हेटौंडा–११ थानाभ¥याङको नबौं वार्षिक साधारणसभा भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले टोलविकास संस्थानै आफ्ना टोलको विकासमा सक्रिय भएर लाग्न निर्देशन दिनुभयो ।

हेटौंडा उपमहानगरको विकासमा टोल विकास संस्थाको महत्वपूर्ण योगदान रहेको र त्यही अनुसार अझै सक्रिय हुनुपर्ने उहाँले वताउनुभयो । आफ्ना टोलको सरसफाइ देखिलिएर बिकास निर्माणका काममा लागेमात्र सुन्दर नगरको परिकल्पना गर्न सकिने मेयर महतले वताउनुभयो । कार्यक्रममा हेटौंडा ११ का वडा अध्यक्ष गोकर्ण पराजुली लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*