चोटलाई जितेर उत्कृष्ट बनेकी प्रतिभा माली

जनपत्र
२९ चैत्र २०७७, आईतवार २०:०६

काठमाडौं । चोट, खेलको एउटा हिस्सा हो । तर कतिपय चोट यस्ता हुन्छन्, जसले खेलाडीको लोभलाग्दो करिअर नै तहसनहस बनाइदिन्छ । चोटलाई जितेर मैदान फर्किनेहरूलाई पनि पुरानै लयमा आउन कठिन हुन्छ ।

तर घुँडाको चोटलाई जितेर कोर्ट फर्किएकी प्रतिभा मालीले भने न्यू डामयण्डलाई एनभीए क्लब लिगको उपाधि मात्र जिताइनन्, उत्कृष्ट खेलाडी पनि बनेकी छन् ।

१३ वर्षको उमेरमै नेपालको राष्ट्रिय टीममा डेब्यु गरेकी ओपन स्पाइकर प्रतिभा माघ २०७६ मा एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेलका क्रममा घाइते भएकी थिइन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको त्यो खेलमा उनको टीम (न्यू डायमण्ड) पनि एपीएफसँग पराजित भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*