प्रदेश २ मा एमाले संसदीय दलकाे नेतामा शत्रुधन महताे चयन

जनपत्र
२९ चैत्र २०७७, आईतवार १९:३६

unn.prixa.net

महाेत्तरी – नेकपा एमालेको नेपाल–खनाल पक्षले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ ।

नेपाल–खनाल पक्षको संसदीय दलको बैठकले दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर महतोलाई नयाँ नेता चयन गरेको प्रदेश सभा सदस्य मन्जु यादवले जानकारी दिनुभयाे । बैठकले उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र बेची लुंगेलीलाई चयन गरेको सांसद यादवले जानकारी दिनु्भयो ।

प्रदेश सभामा रहेका नेकपा एमालेका २१ संसदमध्ये १३ जना नेपाल–खनाल पक्षमा रहेका छन् । एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेपाल–खनाल पक्षले देशभर समानान्तर कमिटी बनाइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*