मुद्दा मिलाई दिन्छु भन्दै रकम माग्ने हेटौंडाका लामा पक्राउ

जनपत्र
२९ चैत्र २०७७, आईतवार १८:२२

हेटौंडा – प्रहरीसँगको मुद्दा मिलाई दिन्छु भन्दै सर्वसाधरणसँग रकम मागेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं १ बस्ने ३० वर्षीय संजोग लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले लामालाई शनिबार पक्राउ गरेको हो । लामाले “लेखनदासको काम गर्छु, प्रहरीसँग जुन सुकै काम गराईदिन्छु” भनि सर्वसाधारणसँग रकम माग्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*